एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गर्नुभएको हो।

कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उहाँको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४ ५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ। 

केही दिनदेखि एमाले बैठक जारी छ । उहाँ यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित हुनुभएको थियो । मंगलबार संसदीय दलको बैठक समेत बस्नुभएको थियो ।
 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : १२ बजे