‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्वास्थ्य कूटनीतिका लागि मलाई राजदूतमा सिफारिस गरियो : जर्मनका लागि प्रस्तावित राजदूत रुपाखेती

काठमाडौं । जर्मनका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले सरकारले स्वास्थ्य कूटनीतिलाई जोड दिएको बताउनुभएको छ ।

चिकित्सकसमेत रहनुभएका उहाँले सरकारले कोभिड १९ पछि स्वास्थ्य कूटनीतिलाई महत्त्व दिएकाले आफूलाई पनि राजदूतको रूपमा सिफारिस गरेको हुनसक्ने दाबी समेत गर्नुभयो । आईतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रस्तावित राजदूत रुपाखेतीले संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनले पनि स्वास्थ्य कूटनीतिलाई महत्त्वपूर्ण कूटनीतिको रूपमा उल्लेख गरेको तथ्य पनि स्मरण गराउनु भयो ।

प्रस्तावित राजदूत रुपाखेतीले नेपालमा विदेशी पर्यटक बढाउनका लागि हवाई सुरक्षामा आश्वस्त बनाउनका लागि आफूले कूटनीतिक प्रयासमा बढवा दिने योजना पनि सुनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘युएनले अहिले हेल्थ डेभलोमेसी चाहिँ सबभन्दा इम्पोटेन डिप्लोमेसीको रूपमा प्रादुर्भाव गरेको छ । र हेल्थ डिप्लोमेसीबाटै फरेन पोलिसी, दिगो विकासलगायतका पोलिसीहरु हेल्थ डिप्लोमेसीसँग रिलेटेड भएको हुनाले अब डाक्टरहरूलाई विभिन्न देशले राजदूतको रूपमा नियुक्त गर्ने कामलाई विभिन्न देशले बढवा दिनेछ भन्ने मलाइ लाग्दछ । हेल्थ डिप्लोमेसी कोभिड १९ पछि अझ बढी सशक्त रूपमा संसारभरि नै आएको कारणले गर्दा मलाई पनि हाम्रो सरकारले त्यसै अनुरूप राजदूतको रूपमा नियुक्त गरेको हुनुपर्छ ।

जर्मनी विभिन्न सम्भावनाहरू भएको देश हो । जर्मनमा मेरो बुबा र मैले पनि भोलेन्टियर्स भएर पनि काम गरेको हुनाले जर्मनीले नेपाललाई जहिले पनि आत्मीय साथीको रूपमा लिन्छ । र कुनै बेला नेपालमा सबैभन्दा बढी पर्यटक नेपाल आउँथे । अहिले एयर सेप्टीलगायतका कारणले त्यो संख्या घटेकाले त्यो लिष्टबाट नेपाललाई हटाउन मैले पहल गर्नका लागि कार्ययोजना पनि प्रस्तुत गरेको हुँ ।’

प्रस्तावित राजदूत रुपाखेतीले जर्मनले नेपाललाई आत्मीय मित्रको रूपमा व्यवहार गर्ने गरेको आफूले पाएकाले यहाँको विकासमा लागि थप सहयोग जुटाउन पनि आफू सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : १७ बजे