‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ईपीजी र सीमाको विषय राजदूत तहमा छलफल गर्ने विषय होइन : भारतका लागि प्रस्तावित राजदूत शर्मा

काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा। शंकर शर्माले प्रबुद्ध व्यक्तिहरूको समूह ९ईपीजी० र सीमाको राजदूत तहमा छलफल गर्ने विषय नभएको बताउनुभएको छ ।

आइतबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदूत समेत रहनुभएका उहाँले ईपीजी र सीमाको विषय आफूहरूको लेभलभन्दा माथि गइसकेको टिप्पणी गर्नुभएको हो । ८ वटा भन्दा उच्चस्तरीय भेटघाट भइसकेकाले ती दुवै विषय राजदूतको लेबलभन्दा धेरै माथि गइसकेको प्रस्तावित राजदूत शर्माको स्पष्टीकरण थियो । उहाँले नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत राख्नु भयो । ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिइरहे आर्थिक सहकार्यका अरू कामहरू अघि नबढ्ने आफूलाई लागेको पनि प्रस्तावित राजदूत शर्माको बुझाई थियो । उहाँले दुई मुलुकबीचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताउनु भयो । 

प्रस्तावित राजदूत शर्माले भन्नुभयो, ‘चाहे ईपीजीको कुरा होस, चाहे बाउण्ड्रको कुरा होस् । किनभने ईपीजी र बाउण्ड्री भन्ने कुरा मेरो लेबलभन्दा धेरै माथि गई सक्यो । मैले अघि नै भनेँ–८ वटा हाईलेवलको भिजिट भइसक्यो । तर त्यो हुँदाहुँदै पनि ईपीजी भित्रका हामी के गर्न सक्छौ त ? त्यो कुराहरू हामी गरौँन । त्यसैमा मात्रै किन अड्केर बसौँ रु त्यहाँ अड्केर बस्ने हो भने हामी अरू इकोनोमी को अपरेशनका कामहरू पनि गर्न सक्दैनौँ होला भनेर मैले त्यसलाई पनि पुस गर्दै जाने हो । तर त्यहाँ भएका सीमाका डिफिकल्टिजहरु । यी कुराहरूलाई पनि एक एक गरेर गरौँ भन्ने मेरो चाहिँ उद्देश्य त्यही नै हो ।’

प्रस्तावित राजदूत शर्माले आफूले यस अघि भारतको राजदूतको रूपमा रहँदा विद्युत् खरिद सम्झौताका लागि बंगलादेशसहितको त्रिदेशीय विद्युत् निर्यात सम्झौतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी समेत गर्नुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ६ : १२ बजे