‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बीआरआई परियोजनामा सम्झौताअनुसार अघि बढ्छु : चीनका लागि प्रस्तावित राजदूत ओली

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेको सम्झौता निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभएको छ ।

सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदूतको रूपमा आफ्नो भूमिका हुने उहाँको कार्ययोजना थियो । आइतबार संसदीय सुनुवाइको क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ् नसक्ने धारणा राख्नुभयो । उहाँले चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चीनमा २१ प्रतिशत बुद्धिस्टहरू रहेको उल्लेख गर्दै प्रस्तावित राजदूत ओलीले उनीहरूलाई नेपालमा पर्यटकको रूपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताउनु भयो । तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदूत हुने बित्तिकै पहल गर्ने पनि प्रस्तावित राजदूत ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब बीआरआईमा हामी कसरी जाने भनेर नेपाल सरकारको जुन निर्णय हुन्छ । त्यही अनुसार राजदूतले अघि बढ्ने हो । त्यसकारणले गर्दा हामीले ट्रान्स हिमालयन कनेक्टिभिटीको तर्फबाट बीआरआईमा नगएर ट्रान्स हिमालयन कनेक्टिभिटीलाई टेकेर पनि हाम्रो कनेक्टिभिटी बढाउन सक्छौँ । त्यसमा पहल गर्ने । त्यो एउटा भयो । चीनमा २१ प्रतिशत बुद्धिस्टहरू रहेका छन् । अब ती पर्यटकहरूलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरू छन् । त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु । अब भन्सार सञ्चालन गर्ने अर्को महत्त्वपूर्ण कुरा छ । तातोपानी भन्सार नियमित रूपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु ।’

राजदूत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरूले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताउनु भयो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : ०२ बजे