प्रतिनिधिसभाको अधिवेशन सुरु, एमालेद्वारा अवरोध

काठमाडौं – प्रतिनिधिसभाको दशौं अधिवेशन सुरु भएको छ । मंगलबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरु  हुने बित्तिकै एमालेका सांसदहरूले उठेर नाराबाजी सुरू गरेका छन् ।

एमालेका सांसदहरूले  एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा पनि सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको हो ।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाउने कार्यसूची छ ।

साथै, सभामुखले प्रतिनिधिसभा बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने भएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : १४ बजे