साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमपक्स खोपहरू कङ्गोमा केही दिन भित्र आइपुग्छ : डब्लुएचओ प्रमुख

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आगामी दिनहरूमा एमपक्स खोपको पहिलो डेलिभरी आइपुग्ने अपेक्षा गरिएको बताउनुभएको छ ।
डब्लुएचओले अगस्ट १४ मा एमपक्समा अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको थियो

“हामीलाई आशा छ कि केही दिनमा पहिलो डेलिभरी हुनेछ”, शुक्रबार कङ्गोबाट फर्केपछि टेड्रोसले जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो, “यस वर्ष कङ्गोमा हालसम्म १८ हजारभन्दा बढी संदिग्ध घटनाहरू रिपोर्ट गरिएको छ, जसमा छ सय २९ जनाको मृत्यु भएको छ ।”

यो सङ्ख्यामा पाँच हजारभन्दा बढी केस तथा उत्तर र दक्षिण किभुको पूर्वी प्रान्तहरूबाट ३१ जनाको मृत्यु समावेश छ । यहाँ नयाँ क्लेड १ बी स्ट्रेन फैलिएको छ ।

“क्लेड १ बी स्ट्रेनको रिपोर्ट गरिएका केसहरूको सङ्ख्या धेरै हप्तादेखि द्रुत गतिमा बढिरहेको छ”, टेड्रोसले भन्नुभयो ।

यसका साथै बुरुन्डीमा क्लेड १ बी का दुई सय ५८, रुवान्डामा चार, युगान्डामा चार, केन्यामा दुई तथा स्विडेन र थाइल्यान्डमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

“डब्लुएचओले खोपहरूमा पहुँच र वितरणलाई तीव्रता दिन काम गरिरहेको छ”, संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशकले भन्नुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १० : २१ बजे