साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोना बीमाको भुक्तानी नपाएपछि सर्वोच्चमा मुद्दा हाल्दै बीमक संघ

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको पैसा माग्दै सरकार विरुद्ध मुद्दा हाल्ने भएका भएको छ । सरकारले प्रतिबद्धता अनुसारको रकम भुक्तानी नदिएपछि बीमक संघले सरकार विरुद्ध मुद्दा हाल्ने तयारी गरेको हो । कोरोना बीमाको ११ अर्ब रुपैयाँ बरारबको भुक्तानी हुन बाँकी छ ।

तर, सरकारले पूर्वप्रतिबद्धता अनुसारको रकम नदिएपछि बीमक संघले मुद्दा हाल्ने तयारी गरेको हो । ‘सरकारले कोरोना बीमा अन्तर्गतको रकम भुक्तानी दिएको छैन । सो पैसा माग गर्दै मुद्दा हाल्ने तयारीमा छौं,’ संघका एक पदाधिकारीले भने, ‘कोरोना बीमाको रकम लिन आगामी आइतबार मुद्दा हाल्ने तयारी भइसकेको छ ।’ उनका अनुसार संघ सबै पदाधिकारी तथा सदस्यहरूले रिट निवेदनमा हस्ताक्षर समेत गरिसकेका छन् ।

कोरोना कालमा सरकारले साढे ३ अर्ब बढीको दायित्व सृजना भएको खण्डमा सरकारले व्यहोर्ने जनाएको छ । तर, सोही सर्तअनुसार भुक्तानी नपाएपछि अदालतको सहारा लिन खोजिएको ती अधिकारीले बताए । सरकारले कोरोना बीमाको रकम नदिँदा समग्र बीमा क्षेत्रमा नै प्रभाव परिरहेको बीमक संघले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : ०३ बजे