‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सर्वाधिक ६२० किमीसम्म रेन्ज दिने ईभी स्काइवेल के के छन् विशेषता ? (भिडियोसहित)

काठमाडौं । भृकुटीमण्डपमा चलिरहेकोनाडा नाडा अटो शो २०२४ अटो शोमा विभिन्न सवारी साधन निर्माता कम्पनीहरुले फरक पहिचान सहित आफ्नो स्टल राखेका छन् ।

उक्त भीडमा फरक पहिचानका साथ उपस्थित भएको एक कम्पनीको नाम हो स्काइवेल । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक कारको वारेमा जानकारी प्रदान गरिरहेको छ भने हालै नेपाल भित्र्याको दुई नयाँ मोडल प्रदर्शनमा राखेको छ ।

नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक कार स्काइवेल ईटी५ हो । यसले सिंगल चार्जमा ६२० किलोमिटरको रेन्ज दिन्छ । सो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी जी मोटर्सले यो भन्दा केही कम रेन्ज दिने ईभी स्काइवेल बीई११ समेत नेपाल भित्र्याएको छ । स्काइवेल बीई११ का दुई मोडल प्रदर्शनमा राखिएका छन् ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।
यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : ५३ बजे