साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेकपा (एस) बागलुङको सिंगो कमिटी एमालेमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागलुङको सिंगो जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष, सचिवसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो ।

उहाँहरूलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य गुरुङ, बागलुङ जिल्ला इन्चार्ज एवं पोलिटब्युरो सदस्य मना केसी, पोलिटब्युरो सदस्य लिलबहादुर थापा, केन्द्रीय सदस्य सूर्य पाठक, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, जिल्ला अध्यक्ष हिरा केसी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : ५१ बजे