सुनको मूल्यमा नयाँ कीर्तिमान

दर्जनौं महिलामाथि चिकित्सकको बलात्कार: अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो क्षतिपूर्ति

एजेन्सी । अमेरिकाका एक पूर्वचिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौं महिलाले ठूलो क्षतिपूर्ति रकम पाउने भएका छन् । 

महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्वचिकित्सक डा ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

यौन काण्डको वर्षौंपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । यो क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो हो । 

अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा। नासिरले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए । नासिरले आफूहरुलाई पटक पटक बलत्कार गरेको ओलिम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए ।

यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो । तर, पछिल्लो सहमतिमा  यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : १८ बजे