‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बाँकेका अस्पतालमा १४ जना संक्रमितको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँकेका अस्पतालमा उपचारको क्रममा थप १४ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मंगलबार राती ८ बजेदेखि बुधबार बिहान १० बजेको अवधिमा नेपालगञ्जको भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप १४ जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा गुलरीया–९ बर्दियाका ४७ वर्षिया महिला, बनगाड कुपिण्डे–६ सल्यानका ५० वर्षिय पुरुष, नेपालगञ्ज–१६ बाँकेका ४९ वर्षिया महिला, नेपालगञ्ज–५ बाँकेका ४४ वर्षिय पुरुष, मधुबन नगरपालिका–६ बर्दियाका ५५ वर्षिय पुरुष र बढैयाताल गाँउपालिका बर्दियाका ६५ वर्षिय पुरुष, दाङ्ग तुल्सीपुरका ६६ वर्षिय पुरुष रहेका छन ।
उनीहरु सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।

यसैगरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोडाघोडी–१ कैलालीका ६० वर्षिय पुरुष, कोहलपुर–२ बाँकेका ३० वर्षिया महिला, कोहलपुर–१० बाँकेका ४५ वर्षिया महिला, कोहलपुर–११ बाँकेका ४१ वर्षिय पुरुष र कोहलपुर–१४ बाँकेका ६४ वर्षिया महिला, बासगढी ९ बर्दियाका ६४ वर्षिय पुरुष र नेपालगञ्ज ७ का ६६ वर्षिय पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १ : ०६ बजे