साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘स्काईवेल’ गाडीको धमाका : शो अवधिमा खरिद गरे पाँच लाखसम्म छुट !

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड ‘स्काईवेल’ नाडा अटो शोको विशेष आकर्षण बनेको छ । शोमा स्काईवेल बीई११ मोडलका गाडी प्रदर्शनीमा राखिएको र गाडी पारखीहरुको भीड लागेका कारण यस्तो अवस्था सिर्जना भएको हो ।
स्काईवेलले ६२० किलोमिटर, ५२० किलोमिटर र ४१० किलोमिटर रेन्जका दुई मोडलका तीन भेरियन्ट राखेको छ । उक्त गाडीहरुमध्ये बीई११ ४१० किलोमिरट रेन्जको र ५२० किलोमिटर रेन्जको भेरियन्टमा उपलब्ध छ । र जी मोटर्सले यी तीनवटै प्रिमियम ईभी एसयूभीको खरिदमा नाडा अटो शो अवधिमा खरिद गरे ५ लाख रुपैयाँ छुट दिने बताएको छ ।
विश्व बजारका लागि उत्पादित स्काईवेलका उच्च गुणस्तरका ईभी गाडीहरु नेपालका कच्ची सडककालागि समेत आरामदायी अर्थात नेपालकै पहिलो रियल प्रिमियम लक्जरी ईभी एसयूभी हो । साथै युरोपेली देशसहित विश्वका ६५ भन्दा बढी देशमा बिक्री भइरहेको बुझिएको छ ।

के छ त अरु गुण र मूल्य ?
४१० किलोमिटर रेन्ज भएको स्काईवेल बीई११ गाडीको मोटरपावर १५० किलोवाट छ । ५१ किलोवाटआवरको ब्याट्री रहेको गाडीको अधिकम गति १५० किलोमिटर प्रतिघण्टासम्म रहेको र अटो शो भरी करिब ८० लाख रुपैयाँ पर्ने यो गाडी ७५ लाख ९० हजारमा किन्न सकिनेछ ।

५२० किलोमिटर रेन्ज भएको स्काईवेल बीई११ गाडीको मोटरपावर पनि १५० किलोवाट नै छ । यसको ब्याट्री भने ७१ किलोवाटआवरको छ । करिब ९० लाख रुपैयाँ पर्ने गाडी अटो शोमा ८५ लाख ९० हजारमा रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

६२० किलोमिटर रेन्ज रहेको पहिलेदेखि नै बजारमा उपलब्ध स्काईवेल ईटी५ को मूल्य अटो शोभरी एक करोड दशलाख रुपैयाँ तोकिएको छ । यो गाडीमा पनि समान १५० किलोवाटको मोटर पावर छ भने ब्याट्री ८६ किलोवाटआवरको छ ।

यस्ता छन् विशेषता :
सबै गाडीमा कम्पनीले २ वर्ष वा ८ लाख किलोमिटरसम्मको वारेन्टी दिइरहेको बताएको छ । करिब ४ महिनामै माथिल्लो ६२० किलोमिटर रेन्जका दर्जनौं गाडी ग्राहकको रोजाइमा परेपछि सबै ग्राहकका लागि कम रेन्जमासमेत सोही स्तरको गाडी ल्याएको कम्पनीले बताएको छ । साथै यही विशेषता भएका कारण हालसम्म ४० भन्दा बढी गाडी बेच्न सफल भैसकेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १ : १३ बजे