काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बैठक बोलाइएको हो ।
बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै शुक्रवार(भोली) मात्रै अवकाशमा जान लाग्नुभएकी मुख्य सचिव लीलादेवी गडतौलालाई धन्यवादसहित नयाँ मुख्य सचिव नियुक्तिको तयारी रहेको बताइएकाे छ ।
आजको मन्त्री परिषद् बैठकले रेडियो नेपालका लागि कार्यकारी निर्देशक तथा चलचित्र विकास वोर्डको अध्यक्षको नियुक्तीसमेत गर्ने सक्ने संभावना छ ।
हालकी मुख्य सचिव गडतौला ५८ वर्षे उमेर हदका कारण शुक्रवार राती १२ बजेदेखि अवकाशमा जाँदै हुनुहुन्छ । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त हुनुभएको थियो । बिगत केही हप्तादेखि चलचित्र विकास वोर्डको अध्यक्ष र रेडियो नेपालका कार्यकारी निर्देशकको पदसमेत रिक्त छ ।
प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार ९ : ४७ बजे
प्रतिक्रिया