काठमाडौं। सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे । बैठकमा सरकारको कामकारबाहीबारेसमेत समीक्षा हुने बताइएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार ८ : ३९ बजे
प्रतिक्रिया