काठमाडौँ । यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक तीन दशमलव ८० अंकले बढेर २ हजार ७८६ दशमलव ४० को विन्दुमा कायम भएको हो ।
आज २२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर १ लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा रु. १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ० दशमलव ९२, होटल तथा पर्यटन ० दशमलव ०९, जलविद्युत् ० दशमलव ४९ र लगानी १ दशमलव ०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ० दशमलव ०३, म्युचुअल फण्ड ० दशमलव ९३ र अन्य समूह ० दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार १ दशमलव ४३, निर्जीवन बीमा ० दशमलव ९७, लघुवित्त १ दशमलव ०८, जीवन बीमा ० दशमलव ४४, वित्त १दशमलव ६९ र विकास बैंक ० दशमलव ८० प्रतिशतले घटेको छ ।
लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको रु. ४३ करोड ७ लाख ८६ हजार ९०० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार २८४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ४ : ११ बजे
प्रतिक्रिया