‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ब्राउन सुगरजस्तो पदार्थसहित एक जना नियन्त्रणमा

काठमाडौँ । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा इलाकाबाट बुधबार ब्राउन सुगरजस्तो पदार्थसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सोही महानगरपालिका–१९ रघुनाथपुर बस्ने २५ वर्षीय मन्जर अन्सारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले नियन्त्रणमा लिएको हो ।

अन्सारीलाई जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरी लुकाई छिपाई ल्याउँदै गरेको ९१.९६० ग्राम ब्राउन सुगरजस्तो पदार्थ फेला परेको हो ।

नियन्त्रणमा लिइएका अन्सारीलाई उक्त पदार्थसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  २ : ३० बजे