साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नाडा अटो शो २०२४ : सर्वाधिक ६२० किमी सम्म रेन्ज दिने ईभी स्काइवेलको स्टल

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो २०२४ मा फरक पहिचान र विश्वसनीय आधार सहित उपस्थित भएको एक कम्पनी हो स्काइवेल ।

नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक कारको बारेमा जानकारी प्रदान गरिरहेको छ भने हालै नेपाल भित्र्याएको दुई नयाँ मोडल पनि प्रदर्शनमा राखेको छ ।

पर्याप्त मात्रामा चार्जिङ स्टेशन निर्माण नभैसकेको परिप्रेक्षमा सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक कार स्काइवेल ईटी–५ हो र यसले सिंगल चार्जमा ६२० किलोमिटरको रेन्ज दिने भएकाले यो गाडी अति नै उपयोगी हुने विश्वास स्काईवेलले दिलाएको छ । 

त्यसैगरी स्काइवेल बीई– ११ का दुई मोडलमा क्रमश : ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।

त्यसो त पोस्टरकै भरमा बुकिङ जी मोटर्सले धेरै सवारी साधन बिक्री–वितरण गरिसकेको छ । सो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

हालै जी मोटर्सले यो भन्दा केही कम रेन्ज दिने ईभी स्काइवेल बीई–११ समेत नेपाल भित्र्याएको । स्काइवेल बीई– ११ का दुई मोडल प्रदर्शनमा राखिएका छन् ।

यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ । यो स्टल मुल प्रवेशद्वार नजिक प्रिमियम स्टलको रूपमा खडा छ । 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १ : ५५ बजे