साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा पनि

काठमाडौँ । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ ।

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल यस बैंकले ९ दशमलव ९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्दै छ । महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकहरुले स्टल न. ई ३३ मा गई सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । साथै गत पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : ३८ बजे