साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नाडा अटो शोमा केईका तीनवटा मोडल सार्वजनिक

काठमाडौँ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटोशो २०२४ को पहिलो दिनस्टल नं एच–१६ बाट तीन ओटा मोडल सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ । यी तीन मोडल ई–क्वेट ०२, ई–क्वेट ०४ र इलेक्ट्रिक एसयूभ एक्सथ्री प्रो ईभी रहेका छन् ।

ई–क्वेट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । तीमध्ये २०० किमि रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मूल्य कायम गरिएको छ भने ३०० किमि भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको कम्पनीले जानकारी दिएको छ । ई–क्वेट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । त्यसैगरी ई–क्वेट ०४ को ३०० किमि रेन्जको मूल्य २४ लाख ९६ हजार छ । ई–क्वेट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी तेस्रो मोडल एक्सथ्री प्रो ईभी इलेक्ट्रिक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

नाडा स्पेसल अफर अन्तर्गत केई गाडीको खरिद मा ग्राहक ले ७।३ किलोवाट को वाल माउन्टेड चार्जर, साथै एक वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो शोमा केई अटोमोबाइल्सको स्टलमा आएर केई ब्रान्डका गाडीहरूबारे जानकारी लिन सकिनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ११ : ४७ बजे