‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ए डिभिजन लिग पहिलो पटक मोफसलमा, मनाङको तीन खेल पोखरामा तय

 काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगका खेल मोफसलमा लैजाँदै नवाैँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ । 

सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । 

जारी लिगको चौथो चरण साेमबारबाट सकिँदै छ । एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ । 

यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ । मनाङले पोखरामा अन्तिम खेल च्यासल युथविरुद्ध २४ पुषमा खेल्नेछ । 

लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीले एएफसी कप खेल्नेछ । 

जारी लिगमा १० अंक जोड्दै मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा  छ । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : १८ बजे