साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेप्से परिसूचकमा निरन्तर गिरावट, १११ अंकले घट्यो

काठमाडौँ। यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १११ दशमलव ९६ अंकले घटेर २ हजार ७ ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ ।

आज नेप्से परिसूचक ३ दशमलव ८६ प्रतिशतले घटेको हो । आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूह ० दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ ४ दशमलव ९२, विकास बैंक ४ दशमलव १८, वित्त ४ दशमलव ६९ र लगानी समूह ४ दशमलव १३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् ३ दशमलव ९६, जीवन बीमा ३ दशमलव ६५, उत्पादन तथा प्रशोधन २ दशमलव ९३, लघुवित्त २ दशमलव ९६, म्युचुअल फन्ड १ दशमलव ०९, निर्जीवन बीमा २ दशमलव ४५, व्यापार २ दशमलव १६ र अन्य समूह ३ दशमलव ८५ प्रतिशतले घटेको छ ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ६५ करोड ४२ लाख ९ हजार ५८२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार ४५० बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : ३४ बजे