‘एउटै नाउरको सिकार गर्न २३ लाख’

परराष्ट्र मन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ ।

परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्रीसँग दुई पक्षीय भेटवार्ता भएको हो । काठमाडौँको होटल सोल्टीमा भएको वार्तामा दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिनुभयो ।

श्रमको विषयमा सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो । ओमान पक्षले पनि नेपाली श्रमिकहरू आवश्यकताका आधारमा लैजान इच्छुक रहेको र दुई देशबीच यसै वर्ष (२०२४) श्रम सम्झौता गरिने सहमति भएको पनि परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री डा. राणाले नेपालको पर्यटन क्षेत्रमा पनि ओमान सरकारले लगानी गर्न इच्छा देखाएको बताउनुभयो । वार्तामा आफूले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका ८ हजार भन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूका कारण पनि नेपालमा लगानी गर्न उपयुक्त हुने बताएको जानकारी दिनुभयो ।

वार्तामा नेपाल तर्फबाट मन्त्री डा। राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल लगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : ०४ बजे