‘एउटै नाउरको सिकार गर्न २३ लाख’

घरविहीनको सहारा बन्यो युवासंघ , चिटिक्क परेका घर हस्तान्तरण

काठमाडौँ, । राष्ट्रिय युवा संघ नेपालले राजनीतिक मात्र होइन समाजसेवाको कामलाई पनि अगाडि बढाएको छ ।

युवा संघले घरविहीन भएकाहरुलाई घर बनाउनेदेखि समाजमा विभिन्न कारणले साहराविहीन बन्न पुगेकाका लागि समेत सहयोग गर्दै आइरहेको छ ।

यस्तै उदाहरणिय कार्य युवा संघ नेपालको शनिश्चरे नगरपालिका कमिटीले वडा नं. १० का दिलबहादुर राईको घर बनाइदिएको हो ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष क्षितिज थेवेले घरघनी राईलाई घर हस्तान्तरण गर्नु भएको हो ।
अध्यक्ष थेवेले सुशासन अनुभूतिसहितको सामाजिक अग्राधिकारको क्षेत्रमा युवाहरू समाजमा सर्वाधिक अघिअघि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मानिसको जीवनस्तर सुधार्न राज्यको ध्यान जानुपर्ने कुरा उठाउँदै गर्दा तिनको न्यायोचित सामाजिक सम्मानको वातावरण मिलाउन, स्वास्थ्य शिविरमार्फत सुदृढ तुल्याउन र रोजगारका अवसरहरू सिर्जना गर्न युवा संघले राज्यसमक्ष झक झकाउनुपर्ने बताउनुभयो ।

संघका नगर अध्यक्ष उपेन्द्र मादेनको अगुवाइ तीन कोठे घर करिव तीन लाख १५ हजार रुपियाँमा घर निर्माण भएको हो ।
घर निर्माणमा युवाहरूले नै भौतिक श्रमदान भने प्राप्त जिन्सी वस्तुको सहयोग गरेका थिए ।

कार्यक्रममा युवा संघ उपाध्यक्ष प्रकाश गौतम, महासचिव सुमन पुरी, सचिव निरोज पौडेल, कोशी प्रदेश कमिटी सदस्य राजकुमार ओझा, यमुना विष्ट, जिल्ला सदस्य जीवन खतिवडा, रमेश दाहाल, भीमकुमार राई, भूपाल श्रेष्ठलगायत पार्टीको विभिन्न तहको नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : २३ बजे