साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एसको पदाधिकारी निर्वाचन: राजेन्द्र  पाण्डे मैदानमा उत्रिएपछि  बेदुराम ‘रिङ आउट’

काठमाडौं।   नेकपा एसका अध्यक्ष माधव नेपालले वरिष्ठ उपाध्यक्षमा बेदुराम भुसाललाई  अन्तिम सम्म च्याप्ने प्रयास गरेपछि अन्ततः उनी चुनावी मैदानबाटै रिङ आउट भएका छन् । 

मङ्गलवार हुन लागेको पदाधिकारी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष नेपालले  काखी च्यापेका बेदुराम भुसालले मैदानमा उठ्ने आँट नगरेको स्रोतले बतायो। पाण्डेसँग टक्कर दिनका लागि  नेपाल पक्षले घनेन्द्र बस्नेतलाई  मैदानमा उतारेपछि पाण्डे निकै उत्साहित भएको स्रोतले बतायो। 

 असार १७ गते भएको सो पार्टीको महाधिवेशनमा ३४३ केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेमा त्यो हुन सकेको थिएन। त्यस बेला पुरानै केन्द्रीय सदस्यहरू मध्येबाट ९३ सदस्यलाई ल्याइएको थियो।

पछि त्यसमा थप गरी  माधव नेपाल , झलनाथ खनाल, र घनश्याम भुसालबिच भागबन्डाका आधारमा केन्द्रीय सदस्य चयन गरी ३ सय ४३ पु¥याइएको थियो। मङ्गलवार तीनै केन्द्रीय सदस्यहरूबाट पदाधिकारीको निर्वाचन भइरहेको छ । अहिले उम्मेदवारी दर्ता काम सकिएको छ भने केही बेरमा अन्तिम नामावली प्रकाशन हुने छ। 

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ११ : ०३ बजे