‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मर्स्याङ्दीमा खसेको भारतीय बस निकालियो

तनहुँ । गत भदौ ७ गते तनहुँस्थित ऐना पहरोबाट मर्स्याङदी नदीमा खसेको भारतीय बस निकालिएको छ ।

आज दुईवटा क्रेनको सहायतामा बस माथि निकालिएको हो । भारतीय नम्बरप्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो ।

बस निकाल्ने क्रममा दईतर्फी नै बाटो बन्द गरिएको थियो । जसले गर्दा लामो जाम लागेको थियो ।

बस निकालेसँग सडक सूचारू गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : १५ बजे