‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आउनुभएका एक व्यक्तिको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराती ४० वर्षीय रुपक बान्तवाको हत्या भएको हो

बान्तवा गएराती करिब १स्४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला पर्नुभएको थियो । उपचारको क्रममा गएराति अढाई बजे सिभिल अस्पतालमा उहाँको मृत्यु भएको हो।

बान्तवाले काठमाडौँ महानगरपालिका – १० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आउनुभएको थियो ।

उहाँको हत्या कसले र किन गर्यो खुलेको छैन। घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ३२ बजे