काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।
प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ११ : २७ बजे
प्रतिक्रिया