साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मदन भण्डारी कलेज भवनको शिलान्यास

​​​​​​​काठमाडौँ । मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित ‘मदन भण्डारी कलेज’को नयाँ भवनको आज शिलान्यास गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज एक कार्यक्रमका बीच  नवनिर्मित भवनको शिलान्यास गर्नुभएको हो । 

काठमाडौँ महानगरको आर्थिक सहयोगमा बन्न लागेको चारतल्ले उक्त कलेज भवन निर्माणको समयावधि पन्ध्र महिना तोकिएको छ । भवनका लागि रु सात करोड बजेट विनियोजन गरिएको फाउण्डेशनले जनाएको छ । भवन निर्माणको जिम्मेवारी सिनर्जि विल्डर्स प्रालिले लिएको छ ।

भवन शिलान्यास कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषा किरण भण्डारी, फाउन्डेसन सचिव तथा संविधानसभा सदस्य पेम्बा लामा, प्रदेशसभा सदस्य दीपक निरौला लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ०६ बजे