साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पाकिस्तानको पञ्जावमा भएको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

पाकिस्तान । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा प्रहरीको गाडीमा लुटेराहरूले आक्रमण गर्दा ११ प्रहरीको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् ।

यस प्रान्तको रहिम यार खान जिल्लाको मच्का क्षेत्रमा लुटेराहरूले २० भन्दा बढी प्रहरी बोकेका दुई प्रहरी भ्यानमा रकेट प्रहार गर्दा उक्त आक्रमण भएको थियो । जो यस क्षेत्रको चेक पोस्टमा साप्ताहिक ड्युटीबाट फर्किरहेका थिए ।

सवारी साधन मर्मतका लागि रोकिएकामध्ये एउटा गाडीमा गडबडी हुँदा र प्रहरीहरु रोकिँदा अचानक रकेट आक्रमण भएको थियो । जसमा ११ प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणपछि उद्धार र प्रहरी टोली घटनास्थल पुगे र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । जहाँ कम्तिमा दुई प्रहरीको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १२ : ५६ बजे