साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यस्तो छ हुन्डाईको फेष्टिभ डिलाइटको योजना

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल दसैंतिहार लक्षित फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकको दसैंतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन भन्दै हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राख्दै एक जना भाग्यमानीले ‘मेड इन नेपाल’ हुन्डाई भेन्यू लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडी खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाख रुपैयाँसम्म नगद छुटका साथै एक वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार भदौ ११ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरू पनि यस योजनाबाट लाभान्वित हुन सक्नेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ४६ बजे