सुनको मूल्यमा नयाँ कीर्तिमान

शेयर बजारमा लगानी गर्नु साम्राज्यवादकाे विकसित रूप : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा शेयर बजारमा लगानी गर्नु साम्राज्यवादको विकसित रूप भएको बताएका  छन्।

शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले शेयर बजारको लगानीलाई साम्राज्यवादको विकसित रूप भन्न भ्याएका हुन् । 

प्रचण्डले शेयर बजारले भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेज ल्याउने ठोकुवा गरे । 

प्रचण्डले भने,‘शेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विकसित रूप हुन्। यो वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर धन एक कठ्ठा गर्ने योजना हो, अब यसबारेमा माओवादीले अनुसन्धान गर्छ।’ 
 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : ४८ बजे