‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मकवानपुरमा भैँसीले मार्‍यो बाघ

मकवानपुर। मनहरी गाउँपालिका–६ प्रतापुरमा एक जंगली बाघ मृत अवस्थामा फेला परेको छ। आज (बिहीबार) बिहान करिब ३ : १५ बजे स्थानीय बल बहादुर राईको गोठमा यो घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बाघ वृद्ध अवस्थाको रहेको र भैँसीसँगको सङ्घर्षमा त्यसको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएकाले आज बिहान करिब ६ : १५ बजे निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले मृत बाघलाई आफ्नो नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले वन्यजन्तु र मानव बस्तीबिचको द्वन्द्वको जोखिम बढाएको छ। 

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ८ : ५३ बजे