साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज पुर्पक्षका लागि थुनामा

काठमाडौं । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाका पूर्व सचिव अनुज नकर्मी पुर्पक्षका लागि थुनामा पठाइएको छ।

बचत रकम ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिव नकर्मीलाई जिल्ला अदालत कास्कीले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

नकर्मी यही भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका हुन्। 

अनुजसँगै सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जोडिएका ६ जना अहिले पुर्पक्षका लागि कास्की कारागार चलान भएका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ३५ बजे