‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

सभामुख घिमिरेले बुधवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको हो । प्रतिनिधि सभाको बैठक बिहीवार ( भोलि ) दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराउनुभएको छ । त्यसैगरी समितिका बैठकहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको भन्दै उहाँले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकहरुमाथि छलफल गर्न ध्यानाकर्षण गराउनुभएको नेकपा९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘भोलि ११ः३० कार्यव्यवस्था बैठक बोलाइएको । भोलि प्रम सँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम छ । त्यसपछिका बैठकहरु कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा आज प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गर्नुभयो । आजको बैठकको निष्कर्ष के रह्यो भने भोलि प्रमसँग प्रश्नोत्तर सकेपछि ११, १२ र १३ गते संसदको बैठक गर्ने प्रश्ताव गरेको । अन्तिम निर्णय कार्यव्यवस्था परामर्श समितिले गर्छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित, व्यवस्थित, प्रभावकारी होस् । त्यसप्रकारको प्रश्न माननीयज्यूहरुबाट उठान होस् भन्ने कुरामा आजको बैठकमा सभामुखबाट ध्यानाकर्षण भयो । समितिका बैठकहरु प्रभावकारी ढंगले भइरहेको अवस्था छैन । विधेयकहरु विचाराधिन छ । समितिले विधेयकमाथि निर्णयार्थ प्रश्तुत गर्न नसक्दाखेरी कानूनको रुपमा जान सकेनन् । त्यसकारण संसद भएको दिन बाहेकका दिनहरुमा सांसदहरुले अबिलम्व अनिवार्य समितिका बैठकहरु बस्ने । बैठकमा विधेयकमाथि छलफल चलाएर विधेयकहरु अगाडी बढाउने कुरामा प्रमुख सचेतकहरुले ख्याल गरिदिनुप¥यो भनेर उहाँले छलफलमा उठाउनुभएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमलाई व्यवस्थित गर्ने सन्दर्भमा सभामुखसँगको छलफल केन्द्रित भएको बताउनु भयो । उहाँले आगामी संसद बैठकहरुलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा भने भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको भोलि कार्यक्रम छ । त्यसलाई व्यवस्थित कसरी गर्ने रु लामो समय ग्याप भएकोले विभिन्न घटनाक्रमहरु पनि आइरहेका छन् । ति घटनाक्रमहरुलाई कसरी जोड्ने भन्ने बारेमा कुराकानी भयो । गृहकार्य भएकोले निर्णय नै भन्ने त भएन । निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकमा गर्छौं । खासगरी भोलिको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने एउटा कुरा र अबको कार्यतालिका कसरी लैजाने भन्ने विषयवस्तु छ । कार्यतालिकाको प्रस्तावको बारेमा हाम्रो छलफल भयो ।’

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिहीवार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी काम, कारबाहीको विषय टुंग्याउने बताउनु भयो ।

उहाँले रास्वपाका सांसदहरुले दर्ता गराएका विभिन्न प्रश्तावहरु उपर आगामी बैठकहरुमा छलफल हुने पनि बताउनु भयो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : ०७ बजे