साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्सेमा सामान्य वृद्धि, १८ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ११ अंकले बढेर २हजार ९६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।

आज ३३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३१९ पटक खरिदबिक्री हुँदा रु. १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ० दशमलव ५९, विकास बैंक ० दशमलव ७२, वित्त ४ दशमलव ९९, लगानी ० दशमलव १२ र अन्य समूह ० दशमलव १८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन १ दशमलव ०३, जलविद्युत् ० दशमलव ७५, जीवन बीमा ० दशमलव १९, उत्पादन तथा प्रशोधन ० दशमलव ४१ र लघुवित्त ० दशमलव ५४ प्रतिशतले घटेको छ । त्यसैगरी, म्युचुअल फन्ड ० दशमलव ६४, निर्जीवन बीमा ० दशमलव ६८ र व्यापार समूह २ दशमलव ०९ प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६६ करोड २ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ४ : ५८ बजे