नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा केशव पाण्डे

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ ।

जसमा बागमती प्रदेशको अध्यक्षमा केशव पाण्डे र उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी र उपसचिवमा रत्न गुरूङ र महेश बर्तौला रहनुभएको छ  ।

 अध्यक्षमा  प्रस्तावित पाण्डे नुवाकोट,उपाध्यक्षमा प्रस्तावित सुवेदी काभ्रे, सचिवमा प्रस्तावित सुवेदी चितवनका र उपसचिवमा प्रस्तावित गुरूङ काठमाडौँ र बर्तौला मकवापुरका हुनुहुन्छ  ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  २ : ४० बजे