‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारद्वारा डाटा सुरक्षासम्बन्धी मापदण्ड तयार

काठमाडौं । सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताउनुभएको हो । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले शुरु गरेको बताउनुभयो ।

आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि शुरु गरेको सचिव अर्यालको भनाई थियो । सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागि परेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उहाँले अपिल गर्नुभयो ।

सचिव अर्यालले भन्नुभयो,‘खासगरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी अवधारणा पत्र स्वीकृत गरेर यसको नीति बनाउने काम शुरु भइसकेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनको क्रममा रहेको छ । डाटा सुरक्षा सम्बन्धी मापदण्ड तयार भइसकेको छ । त्यसैगरी आइटीपार्क नलेज पार्क सम्बन्धि कार्यविधिहरु बनाएर यसको काम अघि बढेको म यहाँ संक्षिप्तमा जानकारी गराउन चाहन्छु । सँगसँगै सूचना प्रविधिको क्षेत्रमा डिजिटल फाउण्डेशनको क्रममा धेरै ठूलो उपलब्धि हासिल भएको छ । खाली प्रविधिको पहुँच पु-याउने काम भएको छ । अहिलेको आवश्यकता भनेको सरकार निजी क्षेत्रको लगानीमार्फत यो प्रविधि अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता हो । यसका लागि म निजी क्षेत्रलाई हार्दिक अनुरोध गर्न चाहन्छु । ऐन, कानून निर्माणमा सबैको सहयोगका लागि पनि म अपिल गर्न चाहन्छु ।’

सचिव अर्यालले सरकारले सूचना प्रविधिमा सबैको पहुँच पु-याउने काम गरेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ३ : ०४ बजे