साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रभु बैंक र बुद्ध एयरबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंकले कर्मचारी तथा ग्राहकहरूलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता गरेको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले कम्पनीसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरिने बताएको छ । बैंकले नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १ : ०९ बजे