‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमालेका दुई केन्द्रीय सदस्यलाई शपथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत दुई सदस्यलाई शपथ ग्रहण गराउनुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले केन्द्रीय सदस्यद्वय मञ्जु शर्मा चालिसे (बाग्लुङ) र कुन्दन कुशवाह (रौतहट)लाई शपथ गराउनुभयो ।

गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १७ जना केन्द्रीय सदस्यलाई पार्टी विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो । अन्य पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण यसअघि नै भइसकेको छ ।

शपथ ग्रहण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ८ : ४५ बजे