सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जन्ती बोकेको बा२ख ५६१४ नम्बरको बस शनिवार राति दुर्घटना हुँदा बस चालक बलेफी–६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलेफी–५ का स्थानीय सन्तोष भुजेलको विवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस शनिवार राति ९ः०० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पताल लगिएको छ ।
बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतेको सनाखत हुन बाँकी छ ।
प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार ८ : ०८ बजे
प्रतिक्रिया