‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ललितपुरको आगलागी डेढ घण्टापछि नियन्त्रणमा

काठमाडौं। ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी परिसर ललितपुरकाअनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीनवटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो ।

आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ५२ बजे