साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लुयान नेपालले ल्यायो स्कुटरमा चाडपर्व योजना

काठमाडौँ । आगामी चाडपर्वहरूलाई लक्ष्य गर्दै ‘लुयान नेपाल’ ले चाडपर्व योजना ल्याएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै चाडपर्व योजनाबारे जानकारी गराएको हो ।

कम्पनीका अनुसार लुयानको कुनै पनि विद्युतीय स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै एउटा एयर फ्रायर पनि उपहारमा राखिएको छ । भदौ १ गतेदेखि मसान्तसम्म जारी रहने अफरमा चालु आर्थिक वर्षको कर, एउटा प्रिमियम हेलमेट र छ पटक सर्भिस पनि निःशुल्क उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले कुनै पनि पुरानो बाइक वा स्कुटरसँग लुयानको नयाँ स्कुटर साटफेर गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेका जनाएको छ । नियमित आम्दानीका आधारमा २० प्रतिशत नगद भुक्तानीपछि दुई वर्षसम्मको फाइनान्स सुविधा पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

बिक्री गरिने स्कुटरहरूमा लिक्विड कुल्ड मोटर रहेकाले अन्य सामान्य हब मोटरवाला स्कुटरको भन्दा तान्ने क्षमता बढी र थप टिकाउ रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका स्कुटरहरू आइपी ६७ वाटर एन्ड डस्ट रेसिस्टेन्टयुक्त भएकाले वर्षायामका लागि पनि उपयुक्त भएको दाबी गरिएको छ ।

काठमाडौँ उपत्यकाभित्र मात्र सात स्थानमा चार्जिङ प्वाइन्टसहितका सर्भिस सेन्टर रहेको पनि कम्पनीले जानकारी दिएको छ । करिब २७ वर्षअघि चीनमा स्थापित कम्पनीले ८० भन्दा बढी मुलकमा विद्युतीय स्कुटरहरूको बिक्री भएको दाबी गर्दै नेपालमा पाँच वर्षदेखि यस ब्रान्डका स्कुटर बिक्री गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : २३ बजे