‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भादगाउँले टोपीको प्रवर्द्धन गर्न ट्रेडमार्क आवश्यक

भक्तपुर । भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग संघले आफ्नो पहिलो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायत उद्योगहरूले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु-याइरहेको बताउँदै यसको प्रवर्द्धन गर्न सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्दै आएको बताउँदै भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुःजुः धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको सानलाई अझ उच्च राख्न व्यवसायीहरूले निरन्तर यसको संवर्द्धन र प्रवर्द्धनमा लाग्नुपर्ने बताउनुभएको छ । ‘भक्तपुरका मौलिक वस्तुहरूको ट्रेडमार्क कायम गर्न सके अझ फलदायी हुनेछ,’ उहाँले दाबी गर्नुभयो ।

त्यस्तै कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैयाँ धाबन्जा, भादगाउँले कालो टोपी उद्योगका संघका अध्यक्ष सीताराम श्रेष्ठ, सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला संघका अध्यक्ष शम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले मन्तव्य दिनुभएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १२ : ५५ बजे