काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उहाँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
मनमोहन मेमोरियल अस्पतालमा चार दिनअघि भर्ना हुनुभएका चौलागाईंको मंगलवार साँझ निधन भएको एमालेले जनाएको छ ।
वागमती प्रदेशका प्रदेशसभा सदस्य चौलागाई एमालेका प्रभावशाली नेता हुनुहुन्थ्यो ।
नेता चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको थियो । केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँ स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना हुनुभएको थियो ।
प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ६ : ५५ बजे
प्रतिक्रिया