‘एउटै नाउरको सिकार गर्न २३ लाख’

देश ठूलो जर्जरतामा छ, काँग्रेस र एमाले एक ठाउँमा उभिनु नै असाधारण परिस्थितिः मन्त्री पाण्डे

काठमााडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश ठूलो जर्जरतामा रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित खौं पर्वको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजश्वले अब चालु खर्च नधान्ने स्थिति रहेको र पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च बढेर गएको बताउनु भयो । उहाँले जसले देशको अर्थतन्त्र भित्रबाट जर्जर रहेको बताउनु भयो । उहाँले काँग्रेस र एमाले एक ठाउँमा उभिनु नै असाधारण परिस्थिति भएको बताउनु भयो । उहाँले असाधारण परिस्थितिमा काँग्रेस र एमालेले मात्रै नभइ सबै राजनीतिक दलहरु मिलेर राष्ट्रिय संकटको सामना गर्नुपर्ने बताउनु भयो । उहाँले कर्मचारीले पनि हक र अधिकारको कुरा मात्रै नभइ कर्तव्यको कुरा गर्नुपर्ने बताउनु भयो । उहाँले सबै युवाहरुले पनि कर्तव्यवोध गर्नुपर्ने बताउनु भयो । उहाँले देशी तथा विदेशी पर्यटक भित्र्याउन नेपालले नेपाल सुरक्षित छ भन्ने आभाष दिलाउन सक्नुपर्ने बताउनु भयो । उहाँले नागरिक उड्डयन पनि विश्वसनीय सेवा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशी विदेशीलाई भित्र्याउन नेपालमा जाँदा हामी सुरक्षित छौँ भन्नेकुराको आभाष दिलाउन पनि र नागरिक उड्डयन पनि विश्वसनीय सेवा हुनुपर्दो रहेछ । हिजो मानिसहरु बढिमालिका जानुभयो । जाँदै गर्दा धेरै जनाले फोन गरेर लेक लाग्नसक्छ, केही दुर्घटना हुनसक्छ, हेलिकप्टर तयारीका साथ राखिदिनुपर्छ भन्नुभयो । त्यो कति सम्भव छ, यो हाम्रो नागरिक उड्डयन क्षेत्रको चुनौति हो । तर कुरा के हो भने हाम्रो विविधतापूर्ण संस्कृति, विविधतापूर्ण प्रकृति, यो प्रकृतिलाई देशी, विदेशीलाई देखाउने हो भने यो नागरिक उड्डयनको क्षेत्र सुरक्षित हुनुपर्दो रहेछ । नेपालका विभिन्न स्थानमा गएर अवलोकन गर्ने पर्यटकले नेपाल घुम्नका लागि सुरक्षित छ, उद्धार समयमै हुन्छ भन्ने विश्वास गर्न सक्नुपर्छ ।

हाम्रो राजश्वले अब चालु खर्च नधान्ने भयो, हाम्रो पुँजीगत खर्च भन्दा हाम्रो वित्तीय व्यवस्थापन खर्च बढेर गयो, जसले गर्दा देशको अर्थतन्त्र भित्रबाट जर्जर छ । हामी मन्त्री भएको दिनबाट म मन्त्री, प्रधानमन्त्री सबैलाई हेरिरहेको छु । बाहिर संसदमा उभिएर बोल्न त सजिलो थियो, जब मन्त्री भएपछि भित्र गएर हेरिन्छ, देश निकै ठूलो जर्जरतामा छ । यो बेलामा गर्नुपर्ने के हो भने काँग्रेस र एमाले एक ठाउँमा उभिए । यो नै एउटा असाधारण परिस्थिति हो । दुई वटा प्रतिष्पर्धी पार्टी एकै ठाउँमा उभिनु भनेकै असाधारण परिस्थिति हो । यो असाधारण परिस्थितिमा काँग्रेस एमालेले मात्रै गर्छन् भन्ने छैन । त्यसमा माओवादी, समाजवादी, राप्रपा, रास्वपा, जसपा, लोसपा सबै मिलेर देशको संकटलाई राष्ट्रिय संकटलाई एक ठाउँमा उभिएर सामना गर्नुपर्छ । कर्मचारीले पनि यतिखेर हक अधिकारको मात्रै कुरा गर्ने होइन, कर्तव्यको पनि कुरा गर्नुपर्छ । हामीले पनि आफ्नो कर्तव्यको कुरा गर्नुपर्नेछ । हामी सबै युवाहरु पनि कर्तव्यको कुरा गर्नुपर्नेछ ।’

मन्त्री पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृतिबाट नेपालले धेरै फाइदा लिनसक्ने बताउनु भयो ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : ०४ बजे