‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्री ओली र सभापति देउवा बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच शनिबार भेटवार्ता भएको छ ।
भेटमा दुई नेता बिच विभिन्न राजनीतिक विषयमा विमर्ष भएको छ । भेटका क्रममा प्रधानमन्त्रीले देउवालाई सरकारले गरिरहेका काम बारे जानकारी गराउनुभएको थियो ।

देउवाले प्रधानमन्त्रीलाई सरकारले गर्नुपर्ने कामको बारेमा पनि सुझाव दिनुभएको थियो । ‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो, केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए’, भेट पछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ३ : ३७ बजे