अमृत बोहोरा एमाले सल्लाहकार परिषद्‌का अध्यक्ष

 काठमाडौं ।नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्षमा अमृतकुमार बोहोरालाई  चयन हुनुभएको छ । भक्तपुरमा आज जारी  एमालेको केन्द्रीय कमिटी बैठकले बोहोरालाई   केन्द्रीय कमिटीमा मनोनित गरेको हो ।  

एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन हुनुभएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । एमाले केन्द्रीय समिति बैठक जारी छ । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ३९ बजे