एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा सुरु भएको छ । बैठकको मुख्य ऐजेण्डा स्थायी कमिटी र पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्य  मनोनित लगायतका विषयहरु छन् । 

बैठकले जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समयसीमा निर्धारण गर्नेछ । त्यस्तै नेताहरुको कार्य विभाजन पनि बैठकको एजेन्डा छ ।

 बैठक दुई दिनसम्म चल्ने  छ । केन्द्रीय कमिटीको पहिलो बैठक महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १ : ३५ बजे