‘एउटै नाउरको सिकार गर्न २३ लाख’

क्यानको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने निर्णय

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने भएको छ ।

आज बसेको क्यानको बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो । क्यानले पुबुदुसहित ५ जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो ।  

आईसीसीको राय अनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकलाई त्यही जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ०१ बजे