‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सोलुखुम्बुको थामेमा हिमपहिरोसहित भीषण बाढी, तल्लो भेगमा सचेत रहन आग्रह (भिडियो)

सोलुखुम्बुको थामे क्षेत्रमा हिम पहिरो गएका कारण दुधकोशी नदीमा ठुलो बाढी आइरहेको छ । हिमपोखरी फुटेर आएका बाढीका कारण थामे गाउँमा ठूलो क्षती भएको विवरणहरू आइरहेका छन् । यद्यपि अहिलेसम्म के कति क्षती भयो विवरण आउन बाँकी नै छ । दुधकोशी नदीको शिरमा हिम पहिरो फुटेर बाढी आएका कारण तल्लो भेगका स्थानीयहरू सचेत हुनु पर्ने देखिएको छ । दुधकोशी नदी सोलुखुम्बु , खोटाङ, ओखलढुङ्गा हुँदै बगेर उदयपुर स्थित सुनकोसी नदीमा मिसिने गर्दछ । बाढी ठुलो आएमा खोटाङको ड्याम्लीटार, रबुवा,हात्तीटार, जयरामघाट, ओखलढुङ्गा जिल्लाको ठुलीबेशी लगायतका स्थानमा असर पु¥याउने सम्भावना भएकाले स्थानवासीलाई सचेत रहन आग्रह गरिएको छ । 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : ४७ बजे